बालाजुको सोफा फ्याक्ट्रीमा भीषण आगलागी

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, १७ : ४२
बालाजुको सोफा फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा बुधबार दिउँसो भीषण आगलागी भएको छ । प्रहरीका अनुसार दिउँसो ३ः ४५ मा आगलागी सुरु भएको हो ।

आगलागी सुरु भएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोली लगायत स्थानीयवासीको संयुक्त पहलमा आगो नियन्त्रणमा लिइएको छ । 

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा तयारी अवस्थामा रहेको एक सय थान सोफासहित करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस