काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता भएका छन् । गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ ।
सुमनकी पत्नी सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएकी छिन । पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र पातलो जीउडाल रहेको निवेदनमा उल्लेख गरिएको छ । “सबै आफन्तको घरमा नभएको जानकारी पाएपछि साउन ३ गते प्रहरीमा निवेदन दिएको छु”, सम्झनाले भनिन् ।
खेती–किसानी गर्दै आईरहेका सुमन हराएको दिन दिउँसो काभ्रेपलाञ्चोकको बनेपाबाट ‘पोखरा जागिर खान जान्छु’ भनेर काठमाडौँको गाडी चढेको र सोही गाडीका सहचालकलाई आफ्नो मोबाइल दिएकोसम्म पत्ता लागेको दाजु भुवनले बताए । उनले पनि भाइ सुमनको खोजीमा सहयोग गरिदिन सरोकारवाला निकायमा अपिल गरेकी छिन् । निरक्षर सुमनकी पत्नी, एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १२ साउन २०७८, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार