दाङ । मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ । लमही तुलसीपुर फोरलेन सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर मंगलबार विहान एक जनाको मृत्यु भएको हो ।
तुलसीपुरबाट विजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा टरिगाउँ निवासी ३८ बर्षिय चुडामणी भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ‘विहान ५ बजे हामीलाई खबर आयो ।
घटनास्थल पुग्दा फोरलेन सडकको खाडलमा मोटरसाइकल दुर्घटना भएको पायौं’प्रहरी निरिक्षक झलक शर्माले भने–‘शवलाई राप्ती प्रादेशीक अस्पतालमा पु¥याएका छौं ।’ फोरलेन सडक समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु