दाङ । मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ । लमही तुलसीपुर फोरलेन सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर मंगलबार विहान एक जनाको मृत्यु भएको हो ।
तुलसीपुरबाट विजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा टरिगाउँ निवासी ३८ बर्षिय चुडामणी भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ‘विहान ५ बजे हामीलाई खबर आयो ।
घटनास्थल पुग्दा फोरलेन सडकको खाडलमा मोटरसाइकल दुर्घटना भएको पायौं’प्रहरी निरिक्षक झलक शर्माले भने–‘शवलाई राप्ती प्रादेशीक अस्पतालमा पु¥याएका छौं ।’ फोरलेन सडक समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन