काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला समितिको विस्तारित बैठकमा विवाद भएको छ।
शनिवार बाराको कलैयामा जिल्ला समितिको विस्तारित बैठक बोलाइएको थियो। बैठकमा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रम स्थलमा नाराबाजी गरेपछि विवाद बढेको थियो।
बैठकमा विवाद बढ्दै गएपछि रास्वपा कार्यकर्ताले नाराबाजी र होहल्ला सुरु गरेका थिए। त्यसपछि उनीहरूले सांसदहरूमाथि हातपातको प्रयास समेत गरेपछि सांसदहरुलाई प्रहरीले बैठकबाट बाहिर निकालेका थिए। प्रहरीका अनुसार, सांसदलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
कलैयाको करणराज होटलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर कार्यक्रम चलिरहेको छ । जिल्ला अधिवेशनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाएको छ।
बैठकमा रास्वपाका प्रतिनिधि सभा सदस्यहरू चन्दन सिंह, रहबर अन्सारी, अरविन्द साह, गणेश धिमाललगायत पनि सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ जेठ २०८३, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’
संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
बारामा नयाँ संगठन निर्माणका लागि रास्वपाले केन्द्रबाट खटायो प्रतिनिधि
रास्वपा सांसद कार्कीमाथी दुई थरी अनुसन्धानको तयारी
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
रास्वपा सांसद कार्कीसँग सम्बन्धित आरोपबारे प्रतिनिधि सभामा प्रश्न