उपचाररत एपीएफ जवानहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे पूर्वगृहमन्त्री गुरुङ

सफल खबर संवाददाता

शनिबार, ०९ जेठ २०८३, २० : ०७
उपचाररत एपीएफ जवानहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे पूर्वगृहमन्त्री गुरुङ

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल बलम्बु पुगेका छन्।

तालिमका क्रममा अचानक बेहोस भई उपचाररत सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्वगृहमन्त्री गुरुङ बलम्बु पुगेका हुन् । पूर्वगृहमन्त्री गुरुङले बिरामी जवानहरूलाई फलफूल तथा पौष्टिक आहारसमेत प्रदान गरेका थिए ।

उनीहरू तालिमका क्रममा बेहोस भई उपचाररत रहेका सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिन शुक्रबार अस्पताल पुगेको सशस्त्र प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

पदमा नरहे पनि सुरक्षाकर्मीप्रति उनले देखाएको चासो र आत्मीयतालाई अस्पतालमा उपस्थित सुरक्षाकर्मी तथा बिरामीका आफन्तहरूले सकारात्मक रूपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस