कास्की । काँग्रेसले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ । कांग्रेसबाट कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका हुन् ।
काँग्रेसमा व्यक्तिपिच्छेका गूटउपगूटका कारण मन्त्री चयनमा विवाद भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो ।
यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का सरकारमा सहभागि भएका छन् । काँग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको छ ।
काँग्रेसले तीन जनाको नाम छनोट गरेपनि कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो भने लगाएको छैन । यसअघि माओवादीले पनि बिहीबार तीन मन्त्रीको टुंगो लगाएको थियो ।
माओवादीले रामजी बराल (जीवन) अर्थमन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापा वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा नाम टुंगो लगाएको हो । काँग्रेस र माओवादीका तीन/तीन जनाले आजै शपथ लिँदै छन् ।
गण्डकी प्रदेशमा रहेका ११ मन्त्रालयमध्ये पाँच मन्त्रालय कांग्रेसले पाएको छ । यस्तै माओवादीको भागमा चार, जसपा र स्वतन्त्र सांसद राजीव गुरुङको भागमा १/१ मन्त्रालय परेको छ ।
काँगे्रसले यसअघि जनता समाजवादीलाई २ मन्त्रालय दिने सहमति गरेको थियो । तर, जसपासँगको सहमति तोडेर काँग्रेसले उसलाई दिने भनेको मन्त्रालय आफैले राखेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०८ साउन २०७८, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे