दाङ । दाङको घोराही गयरसोतामा सिँचाइका लागि बनाइएको कृत्रिम जलाशयमा डुबेर बेपत्ता भएका युवकको शव २४ घण्टापछि निकालिएको छ।
जलाशयमा पौडी खेल्ने क्रममा हिजो बुधवार बिहानदेखि बेपत्ता भएका ३१ वर्षीय लालबहादुर विष्टको शव आज बिहीवार दिउँसो साढे १ बजे सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।
स्थानीयवासी र प्रहरीले शव निकाल्न नसकेपछि बाँकेको नेपालगञ्जबाट आएको गोताखोरको टोलीले युवकको शव निकालेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार