ठेक्काको म्याद १ वर्ष थप्न माग

पत्रपत्रिकाबाट

विहीबार, ०७ साउन २०७८, ०७ : ३४
ठेक्काको म्याद १ वर्ष थप्न माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कात्तिक मसान्तसम्मलाई शून्य समय ‘कन्स्ट्रक्शन होलिडे’ मानेर निर्माणाधीन आयोजनाहरूको म्याद १ वर्ष थप्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

चालू आर्थिक वर्षको बजेटले ६ महीनाको म्याद थप्न भनेको तर कार्यान्वयन नभएका बेला महासंघले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर १ वर्ष म्याद थप्न आग्रह गरेको हो ।

बुधवार प्रधानमन्त्री देउवालाई महासंघका अध्यक्ष रवि सिंहसहितको प्रतिनिधिमण्डलले भेटेर यस्तो माग गरेको हो । भेटका क्रममा प्रधानमन्त्री देउवाले व्यवसायीहरूका मागहरू अध्ययन गरेर समस्या समाधान गरिने बताएको खबर आर्थिक अभियानमा छापिएको छ ।
 

प्रतिक्रिया दिनुहोस