रियलद्वारा बार्सिलोना ३–२ ले पराजित

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, ११ : ५३
रियलद्वारा बार्सिलोना ३–२ ले पराजित

काठमाडौं । रियल म्याड्रिड लिजेन्डस् र बार्सिलोना लिजेन्डस्बीचको खेलमा रियल ३–२ ले विजयी भएको छ । विगतमा बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका र सक्रिय फुटबल जीवनबाट सन्यास लिइसकेका पूर्वस्टार खेलाडीहरुबीचको खेल मंगलबार इजरायलको तेल अभिभमा खेलिएको हो ।

Yeti Diistillery Tansen Cement box

यस खेलमा रोनाल्डिन्हो सबैभन्दा धेरै छाए । उनले आफ्नो डिब्लिङ, जादुयी पास र चुस्त आक्रमण सबै देखाए । पहिलो हाफमा उनले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै, अर्को एक शान्दार प्रहार पोस्ट लागियो । पहिलो हाफको हाइड्रेशन ब्रेकमा रिपोर्टसँग जोक गर्न पनि व्यस्त थिए । त्यस्तै, दुई बालकहरु मैदानमा छिरेर उनीसँग सेल्फी पनि खिचाए । 

तर खेल रियलले ३–२ ले जित्यो । रोनाल्डिन्हो, रिभाल्डो, डेको, जाभियर साभिओलालगायत पूर्व स्टारहरु बार्सिलोनाबाट मैदानमा थिए । यता, रियलबाट लुईस फिगो, रोबर्टो कार्लोसलगायत पूर्वस्टारहरु मैदानमा देखिएका थिए । बार्सिलोनालाई पहिलो हाफको २८ औं मिनेटमा रोनाल्डिन्होले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । तर, पेड्रो मुनिनिटिस र अल्फोन्सो नुनेजले लगालग गोल गरेर रियललाई २–१ को अग्रता दिलाए । 

खेलको झन्डै एक घण्टा बित्न लाग्दा जोफ्रे माथियुले बार्साबाट बराबरी गोल फर्काएका थिए । तर, रुबेन डि ला रेडले गोल गर्दै रियललाई खेल जिताए ।

प्रतिक्रिया दिनुहोस