एजेन्सी । एल क्लासिकोमा पुनः एकपटक जुड बेलिङ्घमको जादू चम्कियो। गएराति इंग्ल्यान्डका स्टार खेलाडीले गोल र असिस्ट दुवै गर्दै रियल म्याड्रिडलाई बार्सिलोनामाथि २–१ को महत्वपूर्ण जित दिलाएका हुन्। यस जितसँगै रियलले ला लिगा उपाधि दौडमा बलियो नियन्त्रण कायम गरेको छ।
खेलको सुरुवाती चरणमै म्याड्रिडले पेनाल्टीको माग गरे पनि भिनिसियस जुनियरले लामिन यामालमाथि गरेको फाउलका कारण रेफ्रीले खेल रोकिदिए। त्यसपछि केलियन एमबाप्पेको एक गोल अफसाइडका कारण अस्वीकृत भयो। तर चाँडै नै बेलिङ्घमको पासमा एमबाप्पेले बार्सिलोना गोलपोष्टको तल्लो कुनामा उत्कृष्ट प्रहार गर्दै म्याड्रिडलाई अग्रता दिलाए।
तर पहिलो हाफमै म्याड्रिडले बराबरी गोल उपहार दियो। आफ्नै क्षेत्रको नजिक अर्दा गुलरको गल्तीले फर्मिन लोपेजले मौका पाए र बार्सालाई १–१ को बराबरीमा ल्याए। त्यसपछि बेलिङ्घमले सेट–पीसमा सहज ट्याप–इन गर्दै म्याड्रिडको अग्रता पुनः स्थापित गरे — यही गोल अन्ततः निर्णायक सावित भयो।
दोस्रो हाफमा बार्सिलोनाले दबाब बढाउने प्रयास गरे पनि घाइते राफिन्हा र रोबर्ट लेवान्डोस्कीको अनुपस्थितिले प्रभाव पारेको देखियो। म्याड्रिडका गोलकिपर थिबाउट कोर्टोइसले उत्कृष्ट बचाउ गर्दै गोल जोगाए। लामो भीएआर समीक्षापछि एमबाप्पेलाई दिइएको पेनाल्टी समेत गोलकिपरले रोक्दा म्याड्रिडको जित सुनिश्चित भयो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० कार्तिक २०८२, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल
क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो
अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा
स्पानियोलसँग रियल म्याड्रिड पराजित