एजेन्सी । गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ ।
म्याड्रिड डर्बीको पहिलो हाफमा सुरुवाती अग्रता लिएको एट्लेटिको अन्तिममा पछाडि परेको हो ।
उसका लागि एडेमोला कुलमानले ३३ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेलको ५२ औँ मिनेटमा भिनिसियसले खेल बराबरीमा फर्काएका थिए । त्यसको केही समय अर्थात् खेलको ५५ मिनेटमा फेडेरिको भाल्भर्डेको गोलमा रियलले २–१ को अग्रता लिएको थियो ।
एट्लेटिकोको लागि खेलको ६६ औँ मिनेटमा नहुएल मेलिनाको प्रहार गोलमा परिणत हुँदा खेल फेरि बराबरीमा फर्किएको थियो । तर त्यसको ६ मिनेट अर्थात् खेलको ७२ औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गर्दै गर्दै खेलमा ३–२ को जित निश्चित गरेका हुन् ।
अन्तिम समयमा अर्थात् ७७ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको रियलले तनावका बीच जित निश्चित गरेको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०९ चैत्र २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा : एल्चेले चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा
एल क्लासिको : रियल म्याड्रिडको बार्सिलोनामाथि २–१ को जित
ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल
क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो