एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको छ । बुधबार बिहान सकिएको खेलमा रियलले लेभान्टेमाथि ४–१ को जित निकालेको हो ।
रियलको जितमा खेलको २८ औं मिनेटमा भिनिसियस जुनिरयले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३८ औं मिनेटमा फ्रान्को मास्टान्टुआनोले अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २–० ले अग्रता लिएको रियलविरुद्ध दोस्रो हाफमा लेभान्टाले एक गोल फर्कायो । उसका लागि एट्टा इयोङले ५४ मिनेटमा एक गोल फर्काएका हुन्।
त्यसपछि भने लगातार खेल रियलको नियन्त्रमा गयो । खेलको ६४ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टी गोल थपे भने ६६ औं मिनेटमा अर्को गोल गरे । दुई मिनेटको अन्तरमा एमबाप्पेले दुई गोल गर्दै ४–१ को शानदार जित निकालेका हुन् । लगातारको जितसँगैरियल शीर्ष स्थानमा कायम छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ असोज २०८२, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो
अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा
स्पानियोलसँग रियल म्याड्रिड पराजित