एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। एल्चेले कडा टक्कर दिएपछि रियल २-२ को बराबरीमा रोकिएको हो।
प्रतिस्पर्धात्मक खेलमा एल्चेले सुरुवाती अग्रता लिएको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको प्रतिस्पर्धाको दोस्रो हाफको ५३ मिनेटमा एलेक्स फेबासले गोल गर्दै एल्चेका लागि अग्राता दिलाएका थिए।
खेलको ७८ औं मिनेटमा रियलका लाडि डिन हुइजसेनले बराबरी गोल फर्काए भने त्यसलगत्तै ८४ मिनेटमा एल्चेका लागि अल्भारो रोड्रिगेजले थप एक गोल गर्दै खेल आफ्नो पक्षमा पारे।
खेलको ८७ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै रियललाई हारबाट जोगाए र खेल बराबरीमा पुर्याए। खेलको अन्तिम अतिरिक्त समयमा एल्चेका भिक्टर चुस्टले रातो कार्ड भोगेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एल क्लासिको : रियल म्याड्रिडको बार्सिलोनामाथि २–१ को जित
ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल
क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो
अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा
स्पानियोलसँग रियल म्याड्रिड पराजित