एमाले नेता भीम रावल राजीनामा फिर्ता लिने मुडमा !

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, ०९ : ०४
एमाले नेता भीम रावल राजीनामा फिर्ता लिने मुडमा !

काठमाडौं । नेकपा एमालेका भीम रावल हेर्दा निक्कै हक्की देखिन्छन्, कडा स्वभावका पनि । तर यसरी कडा स्वभावका मान्छे क्षणभरमै क्षणिक लाभमा कसरी सस्तिदा रहेछन भन्ने उदाहरण पनि उनी बनेका छन् । एमालेभित्रको विवादमा  चर्का आलोचक थिए रावल अध्यक्ष केपी ओलीको । तर उनी ओलीसँगको एउटै भेटमा कसरी गले ? अहिले सबैको जिज्ञासा एउटै छ । तर उनको राजनीति हेर्ने हो भने एमालेभित्रकै धेरैले  उनलाई अवसरवादी‘ नेताका रुपमा पनि आरोपित गर्ने गरेका छन् ।

चर्का क्रान्तिकारी देखिन खोज्ने मान्छे क्षणभरमा स्खलित हुन्छन् र आवेगमा निर्णय लिन्छन् भन्ने उदाहरण पनि रावल देखिएका छन् ।ओलीसँगको गत असार २० को बालुवाटार भेटपछि रावलमा एकाएक परिवर्तन देखा परेको हो । उनी ओलीसँग झुक्नै नहुने तर्क माधव नेपाल समुहमा बसेर गर्दथे । तर ओलीसँगको भेटपछि उनलाई ओलीले दिएको ’उत्तराधिकारी‘ (भलै उनले बाहिर स्वीकार नगरेपनि) को प्रस्तावले एकाएक गल्न पुगेको विश्लेषण माधव नेपाल समुहभित्रै हुन थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउन सर्वोच्च अदालतमा समेत पुगेर हस्ताक्षर गरेका रावल देउवाले विश्वासको मत लिने बेला भने विश्वासको मत दिन नहुने पक्षमा उभिए । उनले सिधै देउवालाई मत दिन नहुने धारणा राखे ।त्यसपछि माधव नेपाल र रावलको बीचमा केही बेर भनाभन भयो । रावल त्यसपछि बम्किएर राजीनामा दिने भन्दै निस्किए । दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उनले सभामुखको टेबुलमा राजीनामा बुझाएर हिडे । बाहिर आएपछि सुरेन्द्र पाण्डेले रोक्न खोज्दाखोज्दै पनि उनले राजीनामा पत्र सञ्चारकर्मीहरुलाई वाचन गरेर हिँडे ।

चर्का क्रान्तिकारी देखिन खोज्ने मान्छे क्षणभरमा स्खलित हुन्छन् र आवेगमा निर्णय लिन्छन् भन्ने उदाहरण पनि रावल देखिएका छन् ।ओलीसँगको गत असार २० को बालुवाटार भेटपछि रावलमा एकाएक परिवर्तन देखा परेको हो । उनी ओलीसँग झुक्नै नहुने तर्क माधव नेपाल समुहमा बसेर गर्दथे । तर ओलीसँगको भेटपछि उनलाई ओलीले दिएको ’उत्तराधिकारी‘ (भलै उनले बाहिर स्वीकार नगरेपनि) को प्रस्तावले एकाएक गल्न पुगेको विश्लेषण माधव नेपाल समुहभित्रै हुन थालेको छ ।

त्यसयता उनको माधव नेपालसँग कुराकानी भएको छैन् । नेपालले उनीप्रति कुनै टिप्पणी गरिहालेका पनि छैनन् । तर उनको राजीनामामा केपी ओलीले नै चिन्ता देखाएका छन् । उनले राजीनामा दिनु हुदैनथ्यो, पूर्नविचार गर्नुपर्छ, ओलीले पार्टी केन्द्रीय समितिको बैठकमा पनि बोलेका थिए । रावलले साच्चै राजीनामा दिन चाहेका भए उनले बुझाएको राजीनामामा संसदमा सभामुखलार्इ फेरि दोहोराएर भेट्न जानु पर्ने थियो । उनले आफनो हस्ताक्षर सनाखत गर्न जानु पर्दथ्यो । तर उनी संसदमा सभामुखलार्इ भेट्न गएका छैनन् ।

उनलाई हतारिएर नहिड्न ओलीले विभिन्न सूत्रमार्फत सन्देश पठाएका छन् । जारी केन्द्रीय समिति बैठकबाट उनलाई राजीनामा फिर्ता लिन निर्देशन गर्ने निर्णय आउने बताईएको छ । यही बेला उनलाई राजीनामा नदिन र त्यसमा पूर्नविचार गर्न भन्दै सूदुरपश्चिमका १३ प्रदेश सभा सदस्य काठमाडौं आएका छन् । रावलला हिजै भेटेर उनीहरुले राजीनामा फिर्ता लिन दबाब बढाएका छन् । सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको हो ।

‘उहाँलाई हामीले राजीनामा फिर्ता लिन आग्रह गर्यौं,’ टोलीमा सहभागी एक सुदुरपश्चिम प्रदेशका सभासदले भने, ‘उहाँले त्यसको जवाफ दिनु भएन । तर मनिस्थित हेर्दा फिर्ता लिनुहुन्छ की जस्तो लाग्छ ।’ रावलले भने एमाले एकताका लागि दबाब बढाउन राजीनामा दिएको मात्र बताएको पनि उनले बताए । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतसहित १३ जना काठमाडौं आएर रावललाई भेटेका हुन् ।

उनीहरुले रावललाई राजीनामा फिर्ता मात्र कुरा गरेका छैनन्, माधव नेपाल समुह नछोड्न पनि दबाब बढाएका छन् । तर रावल बोलेका छैनन् ।
रावलसँगको भेटमा पुगेका एक नेताले सफलखबरलाई दिएको जानकारी अनुसार, रावलले केही दिन चुप हेरेर राजीनामा फिर्ता लिने मानसिकता बनाएको हुन सक्ने बताएका छन् ।