अमेरिकाविरुद्ध कुशल भुर्तेलको शतक

सफल खबर संवाददाता

शनिबार, ०२ जेठ २०८३, १४ : ४७
अमेरिकाविरुद्ध कुशल भुर्तेलको शतक

काठमाडौँ । नेपालका ओपनर कुशल भुर्तेलले अमेरिकाविरुद्ध शतक बनाएका छन् । आईसीसी विश्वकप लिग २ अन्तर्गत टियु मैदानमा जारी खेलमा उनले १०४ बलमा शतक बनाएका हुन् ।

उनले १२ चौका र ३ छक्का प्रहार गरे । एकदिवसीयमा उनको यो दोस्रो शतक हो। उनले यसअघि नामिवियाविरुद्ध शतक बनाएका थिए ।

स्कटल्याण्डविरुद्धको खेलमा विश्राम दिइएका भुर्तेलले आज मौका पाएका हुन् । उनको र आसिफ शेखको ओपनिङ जोडी आजको खेलमा जमेको छ ।

आसिफ पनि ५८ रनको अर्धशतकीय पारी खेल्दै आउट भएका थिए। अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा स्थितिमा ३४ ओभरमा १ विकेट गुमाउँदै १७४ रन जोडेको छ ।

 

प्रतिक्रिया दिनुहोस