कम्युनिस्ट आन्दोलनमा अवसरवाद हावी हुँदा पतनको बाटोमा छ : हरिबोल गजुरेल

सफल खबर संवाददाता

शनिबार, ०२ जेठ २०८३, १४ : ३८
कम्युनिस्ट आन्दोलनमा अवसरवाद हावी हुँदा पतनको बाटोमा छ : हरिबोल गजुरेल

काठमाडौं । नेकपाबाट निष्कासित परेका नेता हरिबोल गजुरेलले कम्युनिस्ट आन्दोलनभित्र वैचारिक विचलन र अवसरवाद बढ्दै गएको बताएका छन्।

कम्युनिस्ट आन्दोलनमा समाजका विभिन्न वर्ग र समुदायबाट मानिसहरू प्रवेश गर्ने भए पनि उनीहरूको उद्देश्य, चेतना र प्रेरणाले नै राजनीतिक आचरण र भूमिकालाई निर्धारण गर्ने उनको भनाइ छ।

उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनमा समाजका विभिन्न वर्ग र समुदायबाट मानिसहरू प्रवेश गर्छन्। उनीहरू कुन उद्देश्य, चेतना र प्रेरणाबाट सङ्गठित भएका हुन् भन्ने कुराले नै उनीहरूको स्थायित्व, भूमिका र राजनीतिक आचरण निर्धारण गर्छ। शोषण–उत्पीडनविरुद्ध न्याय, समानता र सत्यको खोजीमा आन्दोलनमा आएका मानिसहरूलाई दीर्घकालीन कम्युनिस्ट भन्न सकिन्छ। उनीहरूको कार्यशैली वा सोचसँग असहमत हुन सकिएला, तर उनीहरू सजिलै खुला अवसरवाद वा पतनको बाटो रोज्दैनन्।’

शोषण–उत्पीडनविरुद्ध न्याय, समानता र सत्यको खोजीमा आन्दोलनमा आउनेहरूलाई दीर्घकालीन रूपमा असर गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस