काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले झलनाथ खनालको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने बताएका छन् ।फोनमार्फत पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्दै देउवाले स्वास्थ्यलाभको कामना गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा मंगलबार उनको निवास खुमलटार पुगेका थिए । त्यही बेला अध्यक्ष दाहालको फोनमार्फत देउवाले खनालसँग कुराकानी गर्दै उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । मिर्गौलामा समस्या देखिएपछि नेता खनाल भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा