काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले झलनाथ खनालको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने बताएका छन् ।फोनमार्फत पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्दै देउवाले स्वास्थ्यलाभको कामना गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा मंगलबार उनको निवास खुमलटार पुगेका थिए । त्यही बेला अध्यक्ष दाहालको फोनमार्फत देउवाले खनालसँग कुराकानी गर्दै उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । मिर्गौलामा समस्या देखिएपछि नेता खनाल भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल