एमाले केन्द्रीय कमिटी बैठकबाट १० बुँदे सहमति अनुमोदन, ओलीले राखे २२ जनालाई २४ घण्टे स्पष्टीकरणको प्रस्ताव

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, १३ : ४५
एमाले केन्द्रीय कमिटी बैठकबाट १० बुँदे सहमति अनुमोदन, ओलीले राखे  २२ जनालाई २४ घण्टे स्पष्टीकरणको प्रस्ताव

काठमाडौं ।नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।

बैठकले नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २० सांसदलाई अनुशासनको कारवाही गर्ने भएको छ ।

जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् । तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो-हल्ला भएको थियो ।

बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।

अर्को बैठक मंगलवार अपरान्ह ३ बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस