घिमिरेमाथि भएको कुटपिटप्रति छानविन गरेर कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १९ : २२
घिमिरेमाथि भएको कुटपिटप्रति छानविन गरेर कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटप्रति छानविन गर्न निर्देशन दिएका छन् ।

उनले घटनाको छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हुन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा देउवाले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिएका हुन् । 

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टाभित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारवाहीको टुंगो लगाउन देउवाले निर्देशन दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस