काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर सरकारमा सहभागी हुन प्रस्ताव राखेका छन् । शनिबार दिउँसो साढे १ बजे कोटेश्वरस्थित नेपाल निवास छिरेका प्रचण्डले पाँच दलीय गठबन्धनलाई बलियो बनाउन सरकारमा सहभागी हुनलाई माधव नेपाललाई सुझाव दिएका थिए ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले असार २७ मा जुटेको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै एमाले मिलाउन जेठ २ मा गठित कार्यदललाई विघटन गरिदिएको थियो। एमालेले कार्यदलको सहमति अनुमोदन गरेर पार्टीलाई एकतापूर्वक अघि बढाउने निर्णय गरेको भोलिपल्ट सत्तारुढ गठबन्धनमा नेपालको खोजी गर्दै प्रचण्ड कोटेश्वर पुगेका हुन्।
करिब एक घण्टा लामो संवादका क्रममा दुई नेताबीच आइतवारदेखि सुरु हुने प्रतिनिधिसभा बैठक, त्यसमा प्रस्तुत हुने सम्भावित रणनीतिको विषयमा समेत कुराकानी भएको थियो । सरकारमा आउने प्रस्तावको विषयमा माधव नेपाललाई तत्काल जवाफ दिएनन् ।
नेपाल निकटका अनुसार प्रचण्डलाई नेपालले एमालेमा देखिएको विवाद मिलाउन अझै पनि कुरा भइरहेकाले तत्कालै त्यसबारे सोचिनसकेको जवाफ दिएका छन् । एमालेका दोस्रो तहका नेताहरु विवाद निरुपणमा जुटिरहेका बेला नेता नेपालले सरकारमा जानेबारे अहिले नै निर्णय गरिनसकेको जवाफ प्रचण्डलाई दिएको स्रोतले उल्लेख गरेको छ।
पाँच दलीय गठबन्धनमा एमालेको नेता नेपाल देउवा सरकार टिकाउने कुरामा निर्णायक छ। नेपाल पक्षमा रहेका २३ मध्ये आधाभन्दा धेरै सांसदले देउवालाई साथ दिएको अवस्थामा उनले विश्वासको मत पाएर अबको डेढ वर्ष ढुक्कले सरकार चलाउन पाउनेछन्। तर ओली पक्षसँगको संवाद अझै पनि जारी रहेकाले एमाले मिल्ने सम्भावना बाँकी नै छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद