बुटवल । प्रदेश सभाबाट बजेट पारित नहुने भएपछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।
अध्यादेशबारे बारे प्रदेश सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने चौधरीले बताए । उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको हो ।
‘एक सत्तापक्षिय नेताका अनुसार बजेट अभावले कुनै पनि काम नरोकियोस् भनेर बिहानै अध्यादेश बजेट ल्याइको हो । यो हाम्रो बाध्यकारी अवस्था हो।’ सदनबाट बजेट पास हुने नदेखेपछि गएराति सरकारले चालू अधिवेशन अन्त्य गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ