बुटवल । प्रदेश सभाबाट बजेट पारित नहुने भएपछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।
अध्यादेशबारे बारे प्रदेश सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने चौधरीले बताए । उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको हो ।
‘एक सत्तापक्षिय नेताका अनुसार बजेट अभावले कुनै पनि काम नरोकियोस् भनेर बिहानै अध्यादेश बजेट ल्याइको हो । यो हाम्रो बाध्यकारी अवस्था हो।’ सदनबाट बजेट पास हुने नदेखेपछि गएराति सरकारले चालू अधिवेशन अन्त्य गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि