काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसंग वार्तालाप गरेका छन् ।
नेता विप्लव पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित भट्टराईको निवासमा टोखामा आज बिहान पुगेर छलफल गरेका छन् । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका सहमति प्रधानमन्त्री शेरबहादुर देउवाबाट पूरा गराउन विप्लवले विभिन्न नेतामार्फत् पहल थालेका छन्। यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर माग पुरा गराउन कुराकानी गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई