'ओली समर्थकहरुको सडकमा ‘तमासा, खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै'

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, ०८ : ४१
'ओली समर्थकहरुको सडकमा ‘तमासा, खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै'

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ताबाट बर्हिगमन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले प्रदर्शनलाई खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै गरेको भनेर टिप्पणी गरेका छन् । उनले कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद÷फासीवादसँग मिल्दोजुल्दो भएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ।’ कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद÷फासीवादसँग मिल्दोजुल्दो भएको पनि भट्टराईले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस