काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्छ भन्ने आफ्नो १० वर्ष पहिले देखिको सपना भएको बताएका छन् ।
बिहीबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग भेटेर निस्केका उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
‘मेरो १० वर्षदेखिको सपना हो, नयाँ र वैकल्पिक मिल्नुपर्छ । यसै विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको थियो र म यहाँ आएको हुँ,’ उनले भने, ‘विचार र एजेन्डामा सबै मिल्नुपर्छ सबै एक भएर जानुपर्छ ।’
आज बालेनले आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै विभिन्न नयाँ भनिएका शक्तिहरूसँग छलफल गरिरहेका छन् । यहीक्रममा पुगेका बाबुरामसँग उनले आफू राजनीतिमा आएको र कस्तो सहयोग गर्न सक्नुहुन्छ भनेर पनि सोधेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन–रवि भेटघाटको रहस्य: राजनीतिक संकेत कि औपचारिक छलफल?
रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता
कुलमानले बालेनसँग भेटेको तस्वीर किन सार्वजनिक गरे ?
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’
बालेनलाई मेयर बनाउने सबै अपराधी र देशद्रोही हुन् : सूर्य थापा