काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्छ भन्ने आफ्नो १० वर्ष पहिले देखिको सपना भएको बताएका छन् ।
बिहीबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग भेटेर निस्केका उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
‘मेरो १० वर्षदेखिको सपना हो, नयाँ र वैकल्पिक मिल्नुपर्छ । यसै विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको थियो र म यहाँ आएको हुँ,’ उनले भने, ‘विचार र एजेन्डामा सबै मिल्नुपर्छ सबै एक भएर जानुपर्छ ।’
आज बालेनले आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै विभिन्न नयाँ भनिएका शक्तिहरूसँग छलफल गरिरहेका छन् । यहीक्रममा पुगेका बाबुरामसँग उनले आफू राजनीतिमा आएको र कस्तो सहयोग गर्न सक्नुहुन्छ भनेर पनि सोधेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको सचिवालयका तीनै सहयोगी रास्वपा केन्द्रीय समितिमा निर्वाचित
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी