काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएका अभियोगमा महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी सेवाग्राहीबाट प्रहरी हवल्दार श्रेष्ठले ६० हजार घुस लिएको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार घुस लिइ एक रेष्टुरेन्ट सञ्चालकलाई राख्न दिइएको थियो । गत फागुन २३ गते प्रहरी हवल्दार श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश श्रेष्ठलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा उनीहरुले घुस लिएकोसमेत स्वीकार गरेका छन् । आयोगले थुनामा रहेको व्यक्ति छुटाउन सेवाग्राहीबाट जोशीले रकम लिइ प्रहरी हवल्दार श्रेष्ठलाई दिइएको पाइएको छ ।
आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कार्यालय सहयोगी राम खड्कासमेत सो प्रकरणमा जोडिएको ठहर गरेको छ । आयोगले तीनै जनाविरुद्ध बिगोअनुसारको माग दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३१ असार २०७८, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर