काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल विस्तार गर्न सकस भइरहेको छ । आकांक्षी धेरै भएपछि देउवा हतास पनि बनिरहेका छन् । गृहमा आफ्ना विश्वासपात्र बालकृष्ण खाँणलाई पठाएका देउवा मन्त्रिमण्डलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र जनार्दन शर्मालाई अर्थ मन्त्रालय दिएका छन् ।
कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की कानुन मन्त्री छन् भने माओवादी केन्द्रका पम्फा भुसाल उर्जा मन्त्री छन्। पछिल्लो समय परराष्ट्रमन्त्रीमा रस्साकस्सी चलिरहेको छ । जसपाले सरकारमा को को पठाउने भन्ने विषयमा आयोगको निर्णय कुरिरहेको छ। अर्को सत्ताको सारथी राष्ट्रिय जनमोर्चाले तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ । एमालेको माधव नेपाल समूह सरकारमा सहभागी हुने अहिले निश्चित छैन।
कांग्रेस नेताहरूका अनुसार प्रधानमन्त्री देउवा परराष्ट्रमा उत्तर – दक्षिण अर्थात् चीन र भारतसँग विश्वासमा काम गर्न सक्ने व्यक्तिलाई पठाउन चाहन्छन्। देउवाको मन्त्रिमण्डलमा अर्बपती विनोद चौधरीदेखि, जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता डा नारायण खड्कासम्मको परराष्ट्र मन्त्रीमा चर्चा छ।
चौधरीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेको मानिन्छ। भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समयमा पनि चौधरीले भारतका धार्मिक गुरु रवीशंकर मार्फत् प्रधानमन्त्री मोदीलाई भेटेर कुराकानी गरेका थिए।
कांग्रेस सांसद चौधरी निकट स्रोतहरूका अनुसार उनले सकेसम्म अर्थ र त्यो नभए परराष्ट्र मन्त्रालयमा जान आफ्नो तर्फबाट प्रयास गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत राम्रो सम्बन्ध भएका चौधरीले अर्थमा जनार्दन शर्मा आएपछि परराष्ट्र ताकेका हुन्।
यता जसपा अध्यक्ष उपेन्द्र यादवले पनि उपप्रधानसहित परराष्ट्रमा जाने चाहना राखेका छन्। तर उनलाई परराष्ट्र भन्दा भौतिक योजना मन्त्रालय दिने तयारी देउवाले गरिरहेको बताइन्छ। दक्षिणसँगको समबन्ध सुमधुर बनाएर अघि बढ्ने अवसरको रुपमा यादवले परराष्ट्रलाई हेरिरहेको उनी निकट नेताहरु बताउँछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ असार २०७८, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेरचाह कार्य पेसा मात्र नभएर मानवीयता पनि हो: परराष्ट्रमन्त्री
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह