जब एमालेका २३ जना सांसद पार्टीभन्दा माथि उठे

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १६ : १४
जब एमालेका २३ जना सांसद पार्टीभन्दा माथि उठे

काठमाडौं । केपी ओलीले दुई पटक संसद विघटन गरेपछि एमालेका २३ सांसद विपक्षी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे ।  ओलीले दोस्रो पटक पनि संसद विघट गरे ७ असारको मध्यरातमा । १२१ सासद एमालेको पक्षमा हुदा पनि ओलीले इगोका कारण संसद विघटन गरे । 

पहिलो पटक नेकपासंगको इगोले विघटन गरेका थिए भने दोस्रो पटक एमालेको इगोले विघटन गरेका थिए । नेकपा हुदा जसरी नेकपाका सांसद ओलीको विरुद्ध उभिएका थिए । त्यहि दोहरीयो एमालेमा पनि ओलीले संसद विघटन गरेपछि एमालेका २३ जना सांसद ओलीको विरूद्ध चट्टानी अडानका साथ उभिए । उनले विरोधमात्र गरेनन् । 

ओलीको संसद विघटनको विरूद्ध सर्वोच्च अदालतमा नै पुगे । ओलीले संविधानमाथि कु गरेको भन्दै अदालतमा लाम लागेर एमालेका २३ सांसदले संसद पुनःस्थापनाको माग गदै मुद्दामा हस्ताक्षर गरे । ओलीको विरूद्ध सडक देखि अदालतसम्म यी सांसदहरू चट्टान भएर उभिए । उनले लोकतन्त्र, संविधानको पक्षमा एमालेलाई नै दाउमा लगाए । संविधान भए एमाले हुने भन्दै संविधानको रक्षाकोलागि डटेर लागे । ओलीले २३ सांसदलाई फरक फरक मितिमा कारवाहि गरे । धम्काए । डराए । तर यी २३ सांसद टसकोमस भएनन् । अन्तः यी सांसदहरूको जित भएको छ । संविधानको जित भएको छ । लोकतन्त्रको जित भएको छ । सरकारबाट ओलीको लज्जास्पद बह्रीगमन भएको छ ।

यी २३ जना सांसदले अडान नलिएको भए संविधान र लोकतन्त्र ओलीले भड्खालोमा हालेका थिए । तर यी सांसदहरू लोकतन्त्रको पक्षमा उभिए । आज संविधान अनुसार नै चल्न सबै शासकलाई शिक्षा भएको छ । २३ जनाको कारण पटक पटक संविधान मास्ने ओलीले सरकारबाट हात धुनु परेको छ । उहाँहरूले पार्टी भन्दा माथि उठेर देश ,जनता र संविधानकोलागि सांसद पदको नै परवाह गरेनन् ।

ओलीको सत्ताच्युत भएपछि झन आक्रोस पोख्दै छन् । तर पनि यी सांसद अडिग छन् । उनले पार्टीको लागि होइन , एक व्यक्तिकोलागि होइन पुरा देशकोलागि र संविधानको लागि लडेको बताउछन् । यो बीचमा ओलीले धेरै चलखेल गरे । ओलीले वार्ताको नामा धेरै समय खर्चे तर सांसदहरू भने टसकोमस भएनन् । ओलीले अदालतमा विचाराधिन मद्दालाई प्रभावित गर्न हर सम्भव प्रयास गरे । तर केहि पनि सिप लागेन । उनले एमाले एक हुने हो भने अदालतबाट हस्ताक्षर फिर्ता लिनु पर्ने बटम लाइन बनाए । तर त्यो कुरा २३ जनाले स्वीकारेनन् । अन्त ओलीको बह्रिगमन गरेर नै छोडे । 
यी हुन २३ सांसद 
१ झलनाथ खनाल 
२ माधवकुमार नेपाल 
३ भीम रावल 
४ सुरेन्द्र पाण्डे 
५ घनश्याम भुसाल 
६ मुकुन्द न्यौपाने 
७ विरोध खतिवडा 
८ जीवनराम श्रेष्ठ 
९ रामकुमारी झाक्री 
१० यज्ञबहादुर सुनुवार 
११ झपट रावल 
१२ कल्याणी खडका 
१३ राजेन्द्र पाण्डे 
१४ मेटमणी चौधरी 
१५ लक्ष्मी चौधरी 
१६ निरा जैरू 
१७ सरला यादव 
१८ पुष्पा कर्ण कायस्थ 
१९ कृष्णलाल महर्जन 
२० नारायण खतिवडा 
२१ दिपकप्रकाश भट्ट 
२२ भवानी खापुङ 
२३ कलिला खान