एमालेबाट बाहिरिने जोखिम उठाए माधव नेपाल समूहलाई पर्याप्त मन्त्रालय

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १५ : ४९
एमालेबाट बाहिरिने जोखिम उठाए माधव नेपाल समूहलाई पर्याप्त मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिएर नेकपा एमालेबाट बाहिरिने जोखिम उठाए माधव नेपाल समूहलाई पर्याप्त मन्त्रालय दिने तयारी गरेका छन् । माधव नेपाल समूह एमालेमै रहनसक्ने अवस्था आउन सक्छ कि भन्ने ठानेर प्रधानमन्त्री देउवाले नयाँ कार्ड माधव नेपाल समूहलाई फालेका छन् । 

मन्त्रिमण्डल विस्तार गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीका लागि केही दिन पर्खिने रणनीति देउवाले बनाएका छन् । माधव नेपालसँग भेटगरी देउवाले विश्वासको मत माग्दै पार्टी विभाजनसम्म गर्ने वातावरण बनाउन आफू सरकारबाट लाग्ने आश्वासन माधव नेपाललाई दिएका स्रोतको भनाइ छ ।

कांग्रेस देउवा निकट एक नेताका अनुसार माधव नेपाल समूहकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री भएका हुन्, त्यसकारणल उनको समूहलाई पर्याप्त मन्त्रालय दिन हामी तयार छौँ । ‘भोलि विश्वासको मत पनि माधन नेपाल समूहबाटै लिने हो, यसकारण माधव नेपाल समूह सरकारमा आए पर्याप्त मन्त्रालय दिन प्रधानमन्त्री देउवा तयार हुनुहुन्छ, बरु कांग्रेसले थोरै मन्त्रालय लिन्छ’ ती नेताले भने । 
एमालेमा माधव नेपाल र जसपामा उपेन्द्र यादव समूह परिस्थिति हेरेर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने काँग्रेस नेताहरूले बताएका छन् । एमालेको कार्यदलमा पार्टी एकताका लागि १० बुँदे सहमति भए पनि अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीचको टकराव बढिरहेको हुनाले विश्वासको मत पाउने र माधव नेपाल समूह सरकारमा आउने विश्वास देउवालाई छ ।

प्रधानमन्त्री बनाउन राजनीति र न्यायिक लडाइमा साथ दिएका नेपाल र यादव पक्षलाई साथमै लिएर जाने देउवाको तयारी छ । विश्वासको मत सिद्ध गर्न पनि देउवालाई नेपाल र यादव पक्षको साथ अनिवार्य छ । नेताहरूका अनुसार माधव पक्षले विश्वासको मत दिएर एमालेबाट बाहिरिने जोखिम उठाए काँग्रेस आफू तीन र चारवटा मन्त्रालयमा पनि सीमित भएर नेपाल पक्षलाई पर्याप्त मन्त्रालय दिन तयारी गरेको छ । 

नेताहरूका अनुसार माधव पक्षले विश्वासको मत दिएर एमालेबाट बाहिरिने जोखिम उठाए काँग्रेस आफू तीन र चारवटा मन्त्रालयमा पनि सीमित भएर नेपाल पक्षलाई पर्याप्त मन्त्रालय दिन तयारी भइरहेको छ । माओवादी केन्द्रलाई ३० प्रतिशत र जसपाको यादव पक्षलाई २० प्रतिशत मन्त्रालय दिने प्रधानमन्त्री देउवाले तयारी छ । यद्यपि जसपामा यादव पक्षले ठाकुर पक्षका सांसद तान्न सकेको खण्डमा काँग्रेसले केही मन्त्रालय दिन उदारता देखाउने स्रोतको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस