काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर प्रधानमन्त्री देउवा सकेसम्म चाँडै नै विश्वासको मत लिने दौडमा उत्रिसकेका छन् । देउवा सजिलै विश्वासको मत आफूले पाउनेमा ढुक्क छन्।
पुनस्र्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गतेभित्रै बोलाउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ। संसद् बसेको केही दिनभित्रै विश्वासको मत लिने तयारीमा देउवा जुटेका छन् । उनीनिकट नेताहरु देउवाले सजिलै विश्वासको मत पाउने बताउँदै आइरहेका छन् ।
देउवा निकट एक नेताका अनुसार एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष, माओवादी केन्द्र र कांग्रेसका सांसदबाट विश्वास मत पाउने भएका कारण छिटोभन्दा छिटोको विश्वासका मत लिने तयारीमा प्रधानमन्त्री देउवा लागिरहेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमा अब ठाउँ छैन भनिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालले २३ सांसदको सदैव साथ रहेन र ती सबै सांसदले विश्वासको मत दिने विश्वास दिइसकेका छन्, जसका कारण देउवा थप हौसिएका छन ।
देउवाले बुधबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेट गरे। प्रधानमन्त्री नियुक्त भएपछि देउवाले नेता नेपालसँग पहिलो पटक उनकै निवास पुगेर भेट गरेका हुन् । भेटमा नेपालले देउवालाई विश्वासको मत पाउनेमा ढुक्क हुन आश्वास्त पारेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपालसहित एमालेका २३ सांसदले निर्णायक भूमिका खेलेका थिए। आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वमा सरकार बनाउन नेता नेपाल पक्ष नै निर्णायक थियो।
नेता नेपाल र जसपाबाट समर्थन लिएर देउवा विश्वासको मत लिने योजनामा छन्। जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले पनि देउवालाई प्रधानमन्त्री बनाउन साथ दिएको छ। उपेन्द्र यादव पक्षको भोट पाउने भए पनि देउवाले महन्थ ठाकुर समूहबाट पनि विश्वासको मत पाउने आशा गरेका छन् ।
तर, जसपा अहिले विभाजित छ। अध्यक्ष महन्थ ठाकुर समूह ओली सरकारमै सहभागी भएको थियो। त्यसबेला ठाकुर पक्षमा २० सांसद उभिए भने उपेन्द्र–बाबुराम पक्षमा १२ जनामात्र रहे। देउवाले अहिले पनि ठाकुर पक्षमा लागेका नेताहरुलाई मिलाउने कोसिस गरिरहेका छन्। जसपालाई फुटबाट जोगाउँदै सबैको मत लिने काममा देउवा जुटिरहेका छन् ।
विश्वासको मत प्राप्त गर्न अहिले १ सय ३८ जना सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ सांसद छन्। यसआधारमा देउवालाई बहुमत पु¥याउन थप २९ सांसदको समर्थन आवश्यक छ।
जसपाका ३२ सांसद नै देउवाले आफ्नो पक्षमा तान्ने कसरतमा लाग्न थालेका छन् । जसपाको आधा सांसद नै देउवाको पक्षमा आउने र माधव नेपाल पक्षले देउवालाई समर्थन गर्नेबित्तिक्कै देउवालाई विश्वासको मत पुग्छ ।
कांग्रेस, माओवादी केन्द्र जसपाका सबै सांसदले मत दिए देउवाको बहुमत पुग्छ। तर, जसपाको सबै मत देउवाले पाउने सम्भावना कम छ। उपेन्द्र–बाबुराम पक्षमा अहिले १४ सांसद मात्र छन्। ठाकुर पक्षमा १८ सांसद छन्।
त्यही भएर अहिले देउवाले महन्थ ठाकुर पक्षमा लागेका सबै नेताहरुलाई मिलाएर जसपालाई विभाजन हुन नदिने रणनीति बनाएको कांग्रेसका एक नेता बताउँछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ असार २०७८, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल