वीरगन्ज । बारामा गए राति भएको सवारी दुर्घटनामा परि एकजना प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ । पर्साका सखुवा प्रसौनी गाउँपालिका ६ घर भएका ४४ वर्षीय रमेशकुमार राउतको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
उनी रौतहटको ईलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत थिए । बाराको महागढी नगरपालिका २ स्थित भुतही पुल नजिक बुधबार राति सवा नौ बजे प्रदेश २–०३–००१ ख ०७१५ नम्बरको ट्रकले स ५ प ९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
रौतहट सन्तपुर स्थित प्रहरी कार्यालयबाट बुधबार राति मोटरसाइकलमा आफ्नो घर फर्किंदै गरेका बेला राउत सवार रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो।
मृतकको शव, पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रक सहित चालकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ असार २०७८, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु