काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवल्दार घिमिरेले मुद्दा मिलाइदिने भन्दै रु तीन लाख ९९ हजार ५०० घुस लिएको पाइएको आयोगले जनाएको छ ।
आयोगले प्रहरी हवल्दार घिमिरे र व्यवसायी स्वर्णकारविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २९ असार २०७८, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन