ओलीले अहिले नै राजीनामा दिएर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ : शम्भु थापा

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १४ : १२
ओलीले अहिले नै राजीनामा दिएर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ : शम्भु थापा

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले अब प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने तर्क गरेको छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेपछि वरिष्ठ अधिवक्ता थापाले अहिले नै ओलीले राजीनामा दिएर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न बाटो खोल्नुपर्ने बताए ।

‘प्रधानमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भने, ‘अहिले नै राजीनामा दिएर देउवालाई प्रधानमन्‍त्री नियुक्त गर भन्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस