काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठकले तयार पारेको मस्यौदामा एमाले वरिष्ठ नेता माधव नेपालले असहमति जनाएपछि उनलाई नै बाइपास गरेर सहमति गर्ने प्रयासमा कार्यदल लागेको छ ।
उच्च स्रोतका अनुसार आइतबार बिहान माधव नेपाललाई सहमतिमा ल्याउने प्रयासस्वरुप नेपाल पक्षीय नेताहरु सहमतिको मस्यौदासहित उनको निवास कोटेश्वर पुगेका थिए । तर नेपालले सहमतिको मस्यौदामा अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै सच्याउन भनेका थिए ।
नेपालको असहमति रहेको मस्यौदालाई नसच्याइ अहिले कार्यदलमा उनलाई बाइपास गरेर सहमति गर्न लागेको उच्च स्रोतले बतायो । नेता नेपालले भने आफूलाई बाइपास गरेर गरिने सहमति मान्य नहुने कार्यदलका सदस्यलाई जवाफ दिएका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक