काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठकले तयार पारेको मस्यौदामा एमाले वरिष्ठ नेता माधव नेपालले असहमति जनाएपछि उनलाई नै बाइपास गरेर सहमति गर्ने प्रयासमा कार्यदल लागेको छ ।
उच्च स्रोतका अनुसार आइतबार बिहान माधव नेपाललाई सहमतिमा ल्याउने प्रयासस्वरुप नेपाल पक्षीय नेताहरु सहमतिको मस्यौदासहित उनको निवास कोटेश्वर पुगेका थिए । तर नेपालले सहमतिको मस्यौदामा अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै सच्याउन भनेका थिए ।
नेपालको असहमति रहेको मस्यौदालाई नसच्याइ अहिले कार्यदलमा उनलाई बाइपास गरेर सहमति गर्न लागेको उच्च स्रोतले बतायो । नेता नेपालले भने आफूलाई बाइपास गरेर गरिने सहमति मान्य नहुने कार्यदलका सदस्यलाई जवाफ दिएका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना