काठमाडौँ । बाँकेमा प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जको बसपार्कस्थित राप्ती गेष्ट हाउसको १० नम्बर कोठाबाट शनिबार राति रेडपाण्डाको छाला एक थान र भालुको पित्त चार थान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार दाङका भक्तबहादुर पुन, केशव पुन र रोविन बुढाको साथबाट रेडपाण्डाको छाला र भालुको पित्त बरामद गरेको हो । पक्राउ परेका व्यक्तिको साथमा रहेको कालो झोलाभित्र रेडपाण्डाको छाला र भालुको पित्त फेला परेको थियो ।
प्रहरीले पक्राउ परेका व्यक्ति, रेडपाण्डाको छाला र भालुको पित्तलाई आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) अनुसार पक्राउ परेका व्यक्तिलाई रु पाँचदेखि १० लाखसम्म जरिवाना र पाँचदेखि १५ वर्षसम्म सजाय हुने व्यवस्था रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २७ असार २०७८, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ