काठमाडौँ । बाँकेमा प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जको बसपार्कस्थित राप्ती गेष्ट हाउसको १० नम्बर कोठाबाट शनिबार राति रेडपाण्डाको छाला एक थान र भालुको पित्त चार थान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार दाङका भक्तबहादुर पुन, केशव पुन र रोविन बुढाको साथबाट रेडपाण्डाको छाला र भालुको पित्त बरामद गरेको हो । पक्राउ परेका व्यक्तिको साथमा रहेको कालो झोलाभित्र रेडपाण्डाको छाला र भालुको पित्त फेला परेको थियो ।
प्रहरीले पक्राउ परेका व्यक्ति, रेडपाण्डाको छाला र भालुको पित्तलाई आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) अनुसार पक्राउ परेका व्यक्तिलाई रु पाँचदेखि १० लाखसम्म जरिवाना र पाँचदेखि १५ वर्षसम्म सजाय हुने व्यवस्था रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २७ असार २०७८, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ