कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, ११ : ३६
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलारी गाउँपालिका –१ को भित्री सडकमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ट्याक्टर चालक ३५ वर्षका अनिष कठरियाको मृत्यु भएको हो ।

से १ त ३४३४ नम्वरको ट्याक्टर दुर्घटना भएको हो। कठरियाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस