काठमाडौँ । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । मंगलबार राति भैरबी गाउँपालिका-६ तीज डाँडादेखि भैरबी गाउँपालिकातर्फ आउँदै गर्दा ना.प्र०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी नारायण नगरपालिका-१ कुइकानाका ईश्वर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका दैलेखका अनुसार घाइते भएका सहचालक भैरबी गाउँपालिका-४ का सुन्दर बिष्टको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते
दैलेखमा चक्कु प्रहारबाट दुईजना घाइते
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते