निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा आशंका बढ्यो : शशांक कोइराला

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १८ : ३७
निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा आशंका बढ्यो : शशांक कोइराला

काठमाडौं । नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुनेमा आशंका बढेको बताएका छन ।महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताएका हुन।

विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशन प्रति आशंका पैदा हुने बताए । क्रियाशिल सदस्य छिटो टुंग्याउनको निम्ति आफुहरुले भरमग्दुर प्रयास गरेको पनि उनले बताए।

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको दौडधुप पनि निकै बढेको छ । आजै पौडेल पक्षीय नेताहरुले बैठक गरेका थिए । रामचन्द्र पौडेल, शशांक कोईराला, शेखर कोईराला, मिनेन्द्र रिजाल लगायतका नेताहरु सहितको बैठकमा पनि पार्टीको क्रियाशिल सदस्य कसरी टुंग्याउने भन्ने विषयमानै छलफल भएको महामन्त्री कोईरालाले बताए । क्रियाशील सदस्य टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस