काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए।
‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नु पर्छ,’ कोइरालाले भने, ‘मैले शेरबहादुरजीलाई भने- यो मेरो व्यक्तिगत विचार हो। मैले उहाँलाई के भने भने तपाईं (कार्यसमिति) विघटन गर्नुस। एक जनालाई कार्यवाहक सभापति दिनुस्। उनले गठन गर्दछन। र उनले मिति तय गर्दछन्। मलाई लाग्दछ- मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, ०६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टी एक नभएसम्म काँग्रेसको मात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ’: शशांक कोइराला
दाजुभाइमध्ये एकजना मात्र सभापतिको उमेदवार हुन्छौं : शशांक कोइराला
‘एकचोटि मन्त्री पनि नभएको मेरो घर किन जल्यो ?’ भन्दै शशांक कोइरालाको प्रश्न
‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’: शशांक कोइराला
बीपीको परिकल्पना हो पूर्व-पश्चिम राजमार्ग : शशांक कोइराला