काठमाडौँ। नेपाली काँग्रेसका नेता शशांक कोइरालाले जेन जेड आन्दोलनमा आफ्नो घर जलाइएकोप्रति आश्चर्य व्यक्त गरेका छन् । एक पटक मन्त्री पनि नभएको आफूले के गल्ती गरे भन्ने थाहै नपाएको उनको भनाइ छ ।
आज एक कार्यक्रममा बोल्दै कोइरालाले जेन जेड आन्दोलनमा घुसपैठ भएको आरोप लगाए ।
कोइरालाले भने, ‘म त अचम्ममा परेँ, यो अवस्था आउँछ भनेर कल्पना पनि थिएन । सबै जल्यो, लुटपाट भयो, मान्छे मरे । गोली पनि एक्स्पर्टले हानेको छ । टाउकोमा, छातीमा गोली हान्या छ टाढाबाट । पुलिसले यो गर्नै सक्दैन । घुसपैठ भएको छ । जेन जेड भन्छन् । पहिले ठम्याउनुपर्यो जेन जेड भनेको कुन शक्ति हो । उनीहरूले सुशासनको कुरा उठाए । तर पछि गएर घर जलाउन थाले । मेरो घर पनि जल्यो । मैले के गल्ती गरेको थिएँ मलाई थाहा छैन । चार चोटि जितेँ । मन्त्री पनि भएको छैन । न भ्रष्टाचार गरेको छु । मेरो मात्रै घर जलेको होइन । गणेशमानजीको, किशुनजीको घर जल्यो । ८० वर्षको इतिहास बोकेको बिराटनगरको कोइराला निवास किन जल्यो ? कसको माथि यो आक्रोश पोखेको ? किन पोखेको ? यो प्रश्नहरूको उत्तर म दिन सक्दिनँ । म अहिले पनि सोचिरहेको छु के कारण हो यत्रो आक्रोश ? यत्रो विध्वंसकारी आक्रोश । अचम्म लाग्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’: शशांक कोइराला
बीपीको परिकल्पना हो पूर्व-पश्चिम राजमार्ग : शशांक कोइराला
आफ्नोबारे मात्रै चिन्ता लिएर बिपीको जस्तो राजनीति हुँदैछ : डा. शशांक कोइराला