बीपीको परिकल्पना हो पूर्व-पश्चिम राजमार्ग : शशांक कोइराला

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०८२, १२ : ३४
बीपीको परिकल्पना हो पूर्व-पश्चिम राजमार्ग : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गरेको बताएका छन् । बीपी संग्रहालय सुन्दरीजलमा मंगलबार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरेपनि कल्पना बीपीको रहेको बताए ।

नेता कोइरालाले अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको बताए । नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको दाबी गर्दै देशको लागि बीपी गरेको काम जति अरू कसैले पनि गर्न नसकेको जिकिर गरे ।

‘अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महसुस भयो । बीपी सम्झिँदा आँशु आउँछ’ उनले भने, ‘उहाँले जति देशको लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन । १२—१४ वर्ष त जेल बस्नुभयो ।’

उनले थपे, ‘भारतमा आन्दोलनमा जेल बस्नुभयो । पूर्व—पश्चिम राजमार्गको कल्पना सायद बीपीले गर्नुभएको थियो । हुनतः महेन्द्र सरकारले गर्नुभयो । तर कल्पना बीपी कोइरालाको थियो ।’

सांसद कोइरालाले विकासका लागि बीपी कोइरालाले धेरै काम गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस