काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सदस्यहरु समसामयिक र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रियसभा सदस्य अनिता देवकोटाले अर्थमन्त्रीको बजेट वक्तब्य पुस्तिकाको २ सय ५३ नम्बर बुँदामा दाङको लमही क्रिकेट मैदानका लागि बजेट बिनियोजन गरेको छु भने पनि खेलकुद मन्त्रालयले विनियोजन छैन भनेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् ।
साथै उनले दाङको निर्माणाधिन ४ लेनको सडक समयमा सम्पन्न नहुँदा स्थानीयले दुख पाएको भन्दै त्यस तर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले पहिलो डोज कोभिडशिल्ड लगाएका ज्येष्ठ नागरिकले दोश्रो डोज खोप लगाउन जीवनभर पर्खनुपर्ने हो भनी प्रश्न गरिन् ।
राष्ट्रियसभा सदस्य इन्दु कडरियालेनेपाली कोभिड १९ को महामारीका कारण जनस्वास्थ्य पछि शिक्षा क्षेत्र नराम्रोसँग प्रभावित भएको बताइन् । शहरका बालबालिका इन्टरनेटको पहुँचमा भएपनि ग्रामिण क्षेत्रका बालबालिकाले इन्टरनेट नभएकाले शिक्षाबाट बञ्चित भएको भन्दै तीनै तहको सरकारको समन्वयमा ग्रामिण क्षेत्रमा पनि इन्टरनेटको पहुँच विस्तार गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराइन् ।
राष्ट्रियसभा सदस्य उदय शर्मा पौडेलले नेपाली जनता दिनप्रतिदिन मुल्यवृद्धिको मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले कोडिभ १९ को महामारीका कारण देखा परेका समस्याका कारण महिलाहरु झनै पिडीत भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा सदस्य खिमकुमार विकले मुलुक भ्रष्टाचारले डुंगडुंगी गन्हाएको आरोप लगाए । उनले असारे विकासको नाममा जथाभावी बजेट छर्ने काम भएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले अपाङ्गहरुलाई खोपको प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरे । त्यसैगरी छोटो समयमा पटक पटक इन्धनको मुल्य बढेको र त्यसले जनताको ढाड सेक्ने काम गरेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा सदस्य कोमल ओलीले भने छिमेकी मित्रराष्ट चिनले विश्वमा आफ्नो आवश्यकता महसुस गराउन सफल भएको भन्दै चिनको कम्युनिष्ट पार्टी स्थापनाको सतबार्षिकीको अवसरमा चिनका राष्ट्रपतिका साथै सरकार र चीनीयाँ जनतालाई चिनिया भाषामा नै शुभकामना र बधाई दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असार २०७८, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी
राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान