चितवनमा दुई जना संक्रमितको मृत्यु, २४ जना डिस्चार्ज

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १५ : १९
चितवनमा दुई जना संक्रमितको मृत्यु, २४ जना डिस्चार्ज

चितवन । पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा यहाँका अस्पतालबाट २४ जना डिस्चार्ज भएका छन् । भरतपुर अस्पतालमा १ जना र चितवन मेडिकल कलेजमा १ जना गरी दुई जना संक्रमितको मृत्यु भएको हो । 

चितवनका विभिन्न अस्पतालमा यतिबला ७६ जना संक्रमितको उपचार भइरहेको छ । भेन्टिलेटरमा १७ र एचडियुमा ४४ जना रहेका छन् । चितवनका अस्पतालमा २३० जना कोरोना संक्रमितले उपचार पाइरहेका छन् । चितवनमा पछिल्लो २४ घन्टामा १३५ जना कोरोना संक्रमित थपिएका छन् । 

प्रतिक्रिया दिनुहोस