काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ । सो समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न भनिएको छ । समितिले अविरल वर्षाका कारण निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन पुलहरुमा भएको क्षतिको विश्लेषण गर्न भनिएको छ ।
कार्यदलले आगामी दिनमा यस्ता क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका विषयमा समेत प्रतिवेदन पेश गर्न भनिएको छ । अहिले भएका क्षतिसँगै आगामी दिनमा पुल निर्माण गर्दा अपनाउनुपर्ने सावधानीका विषयसमेत समेट्नुपर्ने मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असार २०७८, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा
म्याग्दीमा ८ महिनामा ६ पुल निर्माण
पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो
मुस्ताङकाे कागबेनी–तिरी जोड्ने पुल निर्माण
कावासोतीको केरुङ्गे खोलामा ३ वर्षदेखि पुल निर्माण अलपत्र