काठमाडौं । एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ। यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ। छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन्। बैठकमा विगतमा भएका कामकारबाहीको समीक्षा गरिएको थियो।
बैठकपछि माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबार पार्टी मिलाउन घनीभूत ढंगले लागिपर्ने बताए। ‘कार्यदललाई निरन्तर बढाउनेबारे छलफल भयो। आज मूल विषयमा प्रवेश गरेनौं’, नेता रावलले भने, ‘आन्तरिक विषयमा समाधानको प्रयत्न गर्न मंगलबार बैठक पुनः बस्ने तय भएको छ।’
संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले लामो समयपछि बसेको कार्यदलको औपचारिक बैठकले सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देश दिने बताए। ‘कार्यदलको बैठक लामो समयपछि बस्यो। यो विषय रामो दिशातर्फ उन्मुख हुनु हो’, नेता नेम्बाङले भने, ‘अब यो निरन्तर जारी रहन्छ। सकेसम्म भोलि पर्सिभित्रै टुंगोमा पुग्छ। उनले अब पार्टी एक ढिक्का बनाउन क्रियाशील हुनेमा विश्वास व्यक्त गरे। अन्नपूर्णले खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ असार २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न