धरानमा असार २२ र २३ गते भेरोसेल खोपको दोश्रो मात्रा लगाइने

रासस

सोमबार, २१ असार २०७८, २० : ५६
धरानमा असार २२ र २३ गते भेरोसेल खोपको दोश्रो मात्रा लगाइने

काठमाडौं । सुनसरीको धरानमा गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । 

सोमबार धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन गर्दै असार २२ र २३ गते दुई दिन भेरोसेलको दोस्रो मात्रा लगाउने जानकारी दिएको हो । स्वास्थ्य महाशाखाले जानकारी दिए अनुसार धरानको ३ स्थानमा खोप केन्द्र तोकिएको छ ।

धरानको छाताचोकस्थित स्वास्थ्य चौकी, धरान १५ स्थित श्याम चोक सेवा समाजको भवन र धरान १८ स्थित कार्मेल हाईस्कुलमा खोप केन्द्र रहने छन् । 

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार तोकिएको खोप केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ । प्रमुख मेहताले गत जेठ २५, २६ र २७ गते भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो मात्राको खोप दिइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस