काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपतका व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपत व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले सञ्चारकर्मीसंग कुरा गर्दै भोलीका दिनमा आइपर्न सक्ने विपत व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए ।
नदिमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको बताए । बाढी घरभित्र पसेमा सरसफाई गर्ने लगायतका कामको लागि पनि तयार रहेको उनले बताए । आवश्यक जनशक्ति र र सामग्रीहरु पनि तयारी अवस्थामा रहेको उनले जानकारी दिए । धोविखोला, बल्खु खोला, बागमती, विष्णुमति नदीका किनारहरुमा डुवानहुने कुरालाई ध्यान दिदैँ त्यहाँ विपत प्रतिकार्यका काम शुरु गरिएको पनि उनले बताए ।
उनले भने, ‘नदी सरसफाइको कार्यहरु केही ठाउँहरुमा गरेको छ र कति ठाउँहरुमा लोकल र वडाहरुबाट पनि सिफारिसहरु आउँछ यो नदी सफा गरिदिनु प¥यो डुबान हुन्छ भनेर । हामीले कहिँपनि डुबान भएछ, पानि भरिइरहेको छ भने त्यहाँ पम्पले तान्ने काम गरेका छौँ । जनशक्तिमा हाम्रो नगरप्रहरीहरु पनि छन् र दमकल पनि चालु हालतमा छ । हाम्रो गाडी, म्यानपावर, इक्युपमेन्टहरु पनि तयारी हालतमा राखेका छौँ ।’
उनले बाढी आएको खण्डमा दुई सय जना नगरप्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिए । ¥यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उनले बताए । रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरु र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरुको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असार २०७८, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने