काठमाडौँ । विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर ढुबानमा समेत परेका छन् ।
उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३ वढी ढुवानमा परेका हुन् । हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय ढुबानमा परेका छन् ।
एसियाली विकास बैंँकको आर्थिक एवम् प्राबिधिक सहयोगमा यहाँ एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ ।
ढल व्यवस्थापन नहुँदा नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । ढुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ असार २०७८, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरको पहिलो जित, चितवन पराजित
सुदूरपश्चिमविरुद्ध जनकपुरको पहिले ब्याटिङ गर्दै
एनपीएल : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार
एनपीएल: जनकपुरलाई काठमाण्डुले हरायो
एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन