काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोखार्जले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
काठमाण्डुका लागि वेन चाल्र्सवर्थले सर्वाधिक ४६ रन बनाए । आकाश त्रिपाठीले ३९, भीम सार्की ३, मिलिन्द कुमार १९, जोन सिम्पसोन १३ रनको योगदान दिए । मोहम्मद आदिल आलम ८ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका किशोर महत्तो, अनिलकुमार शाह, ललित राजवंशी, जान निकोल लोफ्टी इन्र्टन र सञ्जय कृष्णमूर्तिले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए ।
ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भए । मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एकएक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त
एनपीएल : लिग चरणको अन्तिम खेलमा आज कर्णाली र जनकपुर भिड्दै
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा प्रवेश
सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै विराटनगर
एनपीएलमा आज दुई खेल : पहिलो खेल सुदूरपश्चिम- विराटनगर र दोश्रोमा पोखरा र चितवन भिड्दै
जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै