सङ्क्रमितभन्दा निको हुने धेरै

रासस

शनिबार, १९ असार २०७८, १९ : ४४
सङ्क्रमितभन्दा निको हुने धेरै

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अबधिमा १० हजार १३३ जनाको परीक्षण गर्दा दुई हजार ३२८ जनामा  सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी सोही अबधिमा  तीन हजार ६६ जना सङ्क्रमण मुक्त भएका छन् । 

    मन्त्रालयका अनुसार देशभर  हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४३ हजार ५८० जना र  निको हुनेको सङ्ख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । सोही अबधिमा सङ्क्रमणबाट १९ जनाको मृत्युभएको छ ।  योसँग मृत्यु हुनेको सङ्ख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जनाएको  छ ।