पहिरोले हेटौंडाबाट काठमाडौं आउने चार सडक अवरुद्ध

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १२ : ०१
पहिरोले हेटौंडाबाट काठमाडौं आउने चार सडक अवरुद्ध

हेटौंडा । तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोका कारण हेटौंडाबाट काठमाडौं जाने चार वटै सडक अवरुद्ध भएका छन् । भीमफेदी–कुलेखानी सडक, त्रिभुवन राजपथ, कान्तिलोकपथ र मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको हो ।

चारवटै सडकका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध भएपछि सवारीका साधन जाम भएका छन् । निरन्तर वर्षा भइरहेकोले पहिरो पन्छाउन पनि नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस